الأربعون الولدانية: أربعون حديثاً صحيحاً مع شرحها باللغة النيبالية

 

جمع المؤلف في هذا الكتاب أربعين حديثاً من الأحاديث القِصار، في موضوعاتٍ شرعيَّة متنوِّعة؛ لكي يحفظَها الأولاد ويتفقَّهوا فيها، وسماها «الأربعين الوِلْدانيّة» لكونها مؤلَّفةً -في الأصل- من أجل الوِلْدان، وكُلُّ هذه الأحاديث الأربعين من الأحاديث الصحيحة التي اتَّفق على إخراجها الإمامان الكريمان: البخاري ومسلم، أو من الأحاديث التي أخرجها أحدهما، رحمة الله عليهما. وقد شرح المؤلف كُلَّ حديثٍ شَرْحاً يُبَيِّن المُرادَ منه إجمالاً، مُراعياً في ذلك الاختصار والوضوح وتسهيل العبارة قدْرَ الإمكان. وقد تمت ترجمة الكتاب لعدد من اللغات العالمية. 

 

चालीस हदीस बच्चा हरूका लागि

 

यस पुस्तकमा, लेखकले इस्लामी शरिअत (विधिविधान) सम्बन्धी विभिन्न विषयहरूमा चालीस छोटा हदीसहरू सङ्कलन गर्नुभएको छ, ताकि साना बालबालिकाहरूले सजिलै पढ्न, सम्झन र याद गर्न सकुन् । साना बालबालिकाहरूका लागि तयार गरिएकोले यस पुस्तकको नाम उहाँले “अल्-अरबऊन विल्दानिय्यह्” (चालीस हदीस बच्चाहरूका लागि) राख्नुभएको छ । यस पुस्तकमा भएका चालीस हदीसहरू; सबै सही र प्रमाणित हदीसहरू नै हुन्, जसलाई उहाँले वरिष्ठ हदीसका सङ्कलनकर्ता ईमाम बुखारी र ईमाम मुस्लिम रहिमहुमाल्लाहद्वारा सर्वसम्मत आफ्ना पुस्तकहरूमा वर्णन गरेका वा दुबैमध्ये कुनै एकले आफ्नो पुस्तकमा वर्णन गरेका हदीसहरूलाई नै लिनुभएको छ । संक्षिप्तता, स्पष्टता र अभिव्यक्तिको सहजतालाई ध्यानमा राखेर लेखकले प्रत्येक हदीसलाई व्याख्या गर्नुभएको छ, जसले हदीसको अर्थ, उद्देश्य तथा अभिप्रायको खुसासा गरेको छ । यस पुस्तकलाई धेरै अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद गरिएको छ ।